दैनिक ५० हजार लिटर तस्करीको इन्धन
उपत्यकामा सवारी जाम बढ्न थालेको छ । भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको हो । उपत्यकामा सवारीसाधनको संख्या सामान्य अवस्थातर्फ उन्मुख भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी पोषराज पोखरेलका अनुसार सामान्य अवस्थाभन्दा करिब ७० प्रतिशत सवारीसाधन चलेका छन् । नयाँपत्रिकाले खबर लेखे्को छ।
‘कोटेश्वर, कलंकीजस्ता स्थानमा जाम हुन थालेका छन्,’ उनले भने, ‘सडकमा सवारीको चाप दिनप्रतिदिन बढ्दो छ ।’ पर्सा, चितवन, झापा, भैरहवालगायतका नाकाबाट तस्करी हुने इन्धनका कारण यसरी सवारीसाधनको संख्या बढेको हो । विभिन्न प्रहरी निकायबाट लिइएको तथ्यांकअनुसार उपत्यकामा मात्र दैनिक ५० हजार लिटर तस्करीको इन्धन भित्रने गरेको छ ।
प्रहरीले व्यक्तिगत प्रयोगजनका लागि ल्याइने इन्धनलाई छुट दिएको छ । कालोबजारीमा बिक्री गर्न ओसारपसार गरिएकोबाहेक अन्य इन्धन नरोक्न गृह मन्त्रालयले समेत निर्देशन दिएको स्रोत बताउँछ । तीन साताअघि प्रहरीले काठमाडौंमा प्रहरीले इन्धन तस्करीविरुद्ध अभियान चलाउँदै एकै दिन २५ हजार लिटरसम्म इन्धन बरामद गएको थियो । सो अप्रेसनपछि कालोबजारी धेरै कम भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । ‘व्यक्तिगत प्रयोजनका लागि ल्याइएकाबाहेक अन्य इन्धन बरामद गरिरहेका छौँ,’ एसएसपी थापाले भने, ‘इन्धनलगायत सबै किसिमको कालोबजारीविरुद्ध हामी कडा छौँ ।’
प्रहरीले ठूलो परिमाणमा इन्धन बरामद गरेपछि कारोबारीहरू डराएका छन् । तर, पनि व्यक्तिगत प्रयोजन देखाएर तस्करीको क्रम भने रोकिएको छैन । स्रोतका अनुसार दूतावासहरूले समेत तस्करीकै इन्धन खरिद गर्न थालेका छन् । अमेरिकन दूतावासले गत शुक्रबार ठोरीबाट इन्धन किनेर ल्याएको थियो । प्रहरीलाई खबर गरेर उनीहरूले त्यसरी इन्धन ल्याएका थिए ।
धेरै इन्धन चाहिने संस्थाले प्रहरीलाई अग्रिम जानकारी दिएर तराईका जिल्लाबाट इन्धन ल्याउन थालेका छन् । सबैभन्दा धेरै तस्करी पर्साको ठोरी नाकाबाट हुने गरेको छ । यहाँ पेट्रोल लिटरको एक सय ५० देखि दुई सय ५० रुपैयाँसम्ममा खरिद बिक्री हुन्छ । काठमाडौंमा तस्करीको इन्धन न्यूनतम दुई सय ५० मा पाइने गरेको उपभोक्ता बताउँछन् । केहीले पाँच सय रुपैयाँसम्म लिने गरेका छन् । सामान्य अवस्थामा राजधानीमा करिब तीन लाख सवारीसाधन चल्दछन् । अहिले करिब दुई लाख २५ हजारको हाराहारीमा चलिरहेको स्रोत बताउँछ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


