राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षबीच भाँडभैलो,बैठक शुक्रबारसम्म स्थगित्
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा आजपनि अवरोध गरेको छ ।
बुधबारको बैठकमा समसामयीक विषयमा सबै दलका सांसदहरुले आफ्नो धारणा राखेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमाले सांसदहरुले विरोध जनाएका छन् ।
एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष तिमलिसनाले नेकपा एमालेकी सांसद विमला घिमिरेलाई बोल्न समय दिएका थिए । अध्यक्षले समय दिएपछि बोलेकी घिमिरेले सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म सदन अगाडि बढ्न नसक्ने बताईन ।
एमाले सांसद घिमिरेले बोलिरहँदा नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठकमा भाँडभैलो मच्चिएको छ । सांसद घिमिरेले सुन प्रकरणमा सत्तापक्षकै सांसदले अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता छ भनेर बोल्नुभएको छ भनेपछि कांग्रेस सांसद रमेशजंग रायमाझीले आपत्रि जनाए । उनले एमाले सांसदले बोलेको कुरा तथ्यहीन रहेको कारण रेकर्डबाट हटाउन माग गरे । उनले कार्यव्यवस्था समितिको बैठमा भएको सहमति विपरित बोल्न नपाईँने भन्दै नियमापत्ति जनाए ।
अध्यक्ष तिमल्सिनाले पटक-पटक सदन सूचारु गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेपनि सफल हुन सकेनन् । एमालेले निरन्तर अवरोध गरेपछि साउन २६ गते शुक्रबार विहान ११ बजेसम्म बैठक स्थगितको घोषणा गरे ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


