कान्छा गाउँपालिका अध्यक्षले बनाए पार्टी–पालिका, वडा कार्यालयको सेवा टोलटोलमा
काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी देशकै कान्छा गाउँपालिका अध्यक्ष हुन् । जम्मा २६ वर्षका चौधरी गत स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पालिका अध्यक्षमा एक्लो निर्वाचित भएका थिए । उमेरमा कच्चा भए पनि उनले देशमै नयाँ अभ्यास गरेका छन्, पार्टी–पालिका ।
गाउँपालिकामा निर्वाचित सबै पार्टीका जनप्रतिनिधि रहेको पार्टी(पालिका गठन गरेपछि पालिकाका सबै निर्णय सर्वसम्मत हुन थालेका छन् । ‘फरक फरक पार्टीबाट निर्वाचित भए पनि पालिकाको काममा सबैको पर्याप्त सहयोग र समर्थन पाएको छु । पार्टी पालिका गठन गरेपछि कसैले अविश्वास र असहयोग गरेको छैन । सबैको प्राथमिकता पालिका नै भएको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी, उपाध्यक्षमा माओवादी केन्द्र, वडा नम्वर १ मा माओवादी केन्द्र, वडा नम्वर २ मा जनमत पार्टी, वडा नम्बर ३ मा जसपा, वडा नम्बर ४ मा एकीकृत समाजवादी, वडा नम्बर ५ मा एमाले, वडा नम्वर ६ मा माओवादी केन्द्र र वडा नम्वर ७ मा एमालेका अध्यक्ष निर्वाचित भएका छन् ।
अध्यक्ष चौधरीले गाउँपालिकाको सेवा प्रवाह प्रभावकारी बनाउनका लागि वडाको सेवा टोलटोलमा लैजान थालिएको पनि बताए । उनले भने, ‘पछाडि पारिएको समुदायका व्यक्तिहरु वडा तथा पालिकाको कार्यालयमा आएर सेवा लिने क्रममा बोल्न वा काम गर्न हिचकिचाउँछन् । त्यसैले टोलटोलमा सेवा दिँदा उनीहरुमा आत्मविश्वास बढेको छ ।’ नागरिकले आफ्नै टोलटोलमा नागरिकताका लागि आवश्यक सहयोगदेखि भत्ता कार्डको नवीकरण, जन्मदर्ता, विवाहदर्ता लगायतका दर्जनौं सेवा पाउँदै आएका छन् ।
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

