खुसी कार्कीले जितिन् ‘मेरो डान्स युनिर्भस’, प्रीतम राई बने ‘मेरो भ्वाइस युनिभर्स
काठमाडौं । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राईले जितेका छन् ।
उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए । उनीहरुले पनि नगद पुरस्कार पाएका छन् ।
यसैगरी नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’मा थाइल्याण्डकी खुसी कार्की विजेता बनेकी छन् । शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा कार्की विजेता बनेकी हुन् ।
विजेता बनेसँगै कार्कीले नगद १ करोड पुरस्कार जितेकी छन् । प्रतियोगितामा बेल्जियमका देवी गर्बुजामगर नेतृत्वको टिम फस्ट रनरअप भएको छ । सो टिमले नगद ३० लाख रुपैयाँ जितेको छ ।
प्रतियोगितामा सिक्किमका मिङ्मा डी लेप्चा नेतृत्वको टिम सेकेन्ड रनर अप भएको छ । सो टिमले नगद २० लाख हात पारेको छ । गोरखाका स्वस्तिक परियार थर्ड रनरअप भएका छन् । उनले १५ लाख पाएका छन् ।
फोर्थ रनर अप महोत्तरीका नेशन सुस्लिङ मगर भएका छन् । मगरले १० लाख रुपैयाँको पुरस्कार जितेका छन् । प्रतियोगितामा चौथो र पाचौँ हुनेले पनि १० लाख पाउने घोषणा गरिएको छ ।
सम्पन्न ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो ।
फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो । कार्यक्रममा सभामुख देवराज घिमिरे लगायत नेपाल सरकारका मन्त्री एवम् उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


