एसिया कप : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । पाकिस्तान र श्रीलंकामा जारी एसिया कपमा क्रिकेट प्रतियोगीतामा आज विश्व क्रिकेटका दुइ चिर प्रतिध्वन्दी भारत र पाकिस्तान विच प्रतिस्पर्धा हुदैछ ।
यो खेल श्रीलंकाको क्यान्डिस्थित पालेकेले अन्तराष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउसो सवा ३ बजे सुरु हुनेछ । भारतविरुद्ध खेल्न पाकिस्तानले नेपालसॅंग खेलेका खेलाडीलाई निरन्तरता दिदै टोली तयार पारेको छ ।
एक खेल खेलिसकेको पाकिस्तान तालिकाको शिर्ष स्थानमा छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाइ २ सय ३८ रनले हराएको हुदा भारत विरुद्ध जित निकाले पाकिस्तान सुपर फोरमा पुग्नेछ । भारतको भने यो समुहको पहिलो खेल हो ।
केन्डीमा आज वर्षा हुने पूर्वानुमान गरिएकाले भारत र पाकिस्तान बीचको खेल प्रभावित हुनसक्ने देखिएको छ ।
हेड टु हेडका आधारमा भारत र पाकिस्तान विच १३ पटक भेट हुदा भारतले ७ पटक र पाकिस्तानले ५ पटक जित निकालेका छन् । एक खेल भने विना नतिजा रोकिएको थियो । समुह ए को भारतले दोस्रो खेलमा नेपालसंग सोमबार खेल्नेछ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


