गृहमन्त्री परिवर्तन सामान्य कुरा हो : कांग्रेस नेता
काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले कोशी प्रदेशमा नेकपा एमालेसँग मिलेर सरकार बनाउने सम्भावना नदेखेको बताएका छन् ।
‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल हो । सर्वोच्च अदालतको निर्णय स्वीकार गर्नैपर्छ । कोशी प्रदेशमा एमालेले उपसभामुखलाई अनुपस्थित गराएर अस्थिरता निम्त्याउने खेल खेल्यो, त्यो खतरनाक छ । हाम्रो पार्टी सभापतिले प्रदेश सरकारलाई स्थिरता दिन कोसिस नगर्नुभएको होइन । परिस्थिति अनुकूल हुन सकेन । जहाँसम्म एमालेसँग मिलेर सरकार बनाउने कुरा छ, अहिले नै त्यो सम्भावना देख्दिनँ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग ढुंगानाले भने ।
उनले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमण कहीं न कहीं गणतन्त्र र संविधान सिध्याउने षडयन्त्र भएको टिप्पणी गरे । साथै उनले उक्त घटना २००७ सालपछि खुकुरी दलले बीपी कोइरालालाई सिध्याउन गरेको षड्यन्त्रसँग तुलना गरे ।
कांग्रेस नेता ढुंगानाले आफ्नो पार्टी तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको पनि स्पष्ट पारे । उनले थपे, ‘नेपाली कांग्रेस कुनै पनि मानेनमा देशमा अस्थिरता चाहँदैन । त्यसैले हामी सरकार परिवर्तनको पक्षमा छैनौं । यसलाई नै स्थिर र व्यवस्थित बनाउनुपर्छ भन्ने पक्षमा छौं ।’
अब गृहमन्त्री परिवर्तन हुन लागेको हो भन्ने प्रश्नमा ढुंगानाले भने, ‘मन्त्रीमण्डल परिवर्तन सामान्य कुरा हो । समय समयमा भइरहेकै हुन्छ । तर यसै कारण गठबन्धन टुट्ने परिस्थिति बनेको छैन ।’
अर्को प्रसंगमा नेता ढुंगानाले चिनियाँ राजदूतले नेपालको स्वाधीनता र सार्वभौमसत्तामा हस्तक्षेप गर्न नमिल्ने जिकिर गरे । उनले भने, ‘भारत र चीनले हामीलाई सहयोग गर्नु नराम्रो कुरा होइन । तर सहयोगका नाममा नेपालको स्वाधीनता र सार्वभौमसत्तामा हस्तक्षेप गर्न मिल्दैन । नेपाल सार्वभौम र स्वाधीन मुलुक हो । हामीले आफ्नो हितमा काम गर्छौं । दुवै देशसँग समदूरीको सम्बन्ध राख्दछौं ।’
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

