अनुहार चम्किलो र सधैं जवान देखिन चाहनुहुन्छ ? सरिफा खानुहोस धेरै फाईदा गर्छ
सरिफा मिठो र धेरै गुण भएको फल हो । यो फलको प्रयोग आजभोली बढ्दो रहेको छ । यसको माग बढेसँगै खेती पनि बढ्दो रुपमा गरिदै छ । यो फलमा भिटामिन सी, ए, बी–६, पोटासियम, म्याग्नेसियम, कपर, फाइबर, आइरन, म्याग्नेसियम र क्याल्सियम पाइन्छ । जसले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा पु¥याउदछ ।
यो फलबाट आर्थिक र शारीरिक फाइदा गर्दछ । यो फलले तौल कम भएका व्यक्तिहरुको लागि एकदमै फाइदा गर्दछ । यसले शारीरिक मात्र नभई मस्तिष्कको वृद्धिबिकासको साथै दिमागलाई तजिलो बनाउन मद्दत गर्दछ ।
सरिफाको प्रयोगले हुने फाइदाहरु
१. सरिफामा पाइने भिटामिन सीले अनुहारको फ्रीरेडिकल्स हुनबाट बचाउँछ र अनुहार चम्किलो बनाउनुको साथै जवान देखाउन मद्दत गर्दछ ।
२. यो फलमा पाइने पोटासियमले जोर्नीको दुखाई कम गर्न मद्दत गर्दछ ।
३. यो फलको नियमित प्रयोगले मानिसमा हुने चिन्ता कम गर्न मद्दत गर्छ ।
४. रातमा राम्रो सँग निद्रा नलाग्ने समस्या कम गर्छ ।
५. यसमा पाइने भिटामिन ए ले आँखाबाट पानि आउने, आँखा दुख्ने र कमजोर हुने समस्या नियन्त्रण गर्दछ ।
६. यो फलको प्रयोगले सानै उमेरमा कपाल सेतो हुने, झर्ने जस्तो समस्या कम गर्छ ।
७. यो फलको प्रयोगले कब्जियत हुनबाट बचाउँछ ।
८. यसमा पाइने फाइबरले डाइजेसनमा मद्दत गर्दछ ।
९. यो फलको प्रयोगले इम्युन सिस्टम बलियो बनाउन मद्दत गर्दछ ।
१०. रुघाखोकीको लागेको बेलामा यो फललाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।
११. यसमा पाइने भिटामिन बि६ले आस्थमाको आक्रमणलाई रोक्न मद्दत गर्दछ ।
१२. सरीफामा पाइने कपर र आइरनले गर्भवती महिलाको रगतको मात्रा वृद्धि गर्दछ र बच्चाको दिमागी वृद्धि बिकास गर्न मद्दत गर्दछ ।
१३. सरिफाको प्रयोगले दिमागलाई तेजिलो बनाउन मद्दत गर्दछ ।
१४. यो फलमा म्याग्नेसियम र क्याल्सियम पाइनेहुनाले हड्डीलाई मजबुत बनाउन मद्दत गर्दछ ।
१५. सरीफाको दैनिक प्रयोगले मानिसको तौल बढाउन मद्दत गर्दछ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


