नेपालमा भित्रीयो नयाँ होन्डा एलिभेट को शानदार कार
काठमाडौँ । नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले होन्डा शोरुम, धोबीघाट, ललितपुरमा एक लन्च कार्यक्रम मार्फत नयाँ Honda Elevate को आगमनको गर्वका साथ घोषणा ग¥यो, जसले अटोमोबाइलको संसारमा एउटा उल्लेखनीय अध्याय थपिएको छ । होन्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र थप रु. ७५,००० छुट साथै निःशुल्क सेवासहितको आकर्षक अफर ल्याएको छ ।
उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धताका लागि परिचित ब्रान्डको रूपमा, होण्डाले नेपालमा एलिभेटको सुरुवातसँगै अपेक्षाहरूलाई पुनः परिभाषित गर्न जारी राखेको छ । Honda Elevate ले मनमोहक डिजाइन र उन्नत प्रविधिको मिश्रणको साथ ड्राइभिङ अनुभवलाई पुनः परिभाषित गर्दछ । यसको आकर्षक सौन्दर्य देखि यसको नवीन सुविधाहरू सम्म, एलिभेटले पाङ्ग्रा पछाडिको हरेक पल बृद्धि गर्न सेट गरिएको छ । होन्डा एलिभेटमा यसको विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पहरूद्वारा हाइलाइट गरिएको डिजाइन छ, जसले गर्दा यो सडकमा फरक देखिन्छ ।
भित्री रुपमा यसमा खैरो र कालो रंग गरी दुई–टोनको विलासीता झल्किन्छ । भित्री भागले उत्कृष्ट सिटमा आराम प्रदान गर्दछ र विशाल पछाडिको केबिनले यात्रुहरूको लागि पर्याप्त सुविधायुक्त बस्ने ठाँउ प्रदान गर्दछ । यात्रा सुरु गर्नु बटन थिच्नु जस्तै सजिलो छ । एलिभेटले सुविधाको लागि एक– पुश इन्जिन सुरु÷स्टप कार्यक्षमता सुविधा दिन्छ । Honda Elevate ले यसको अल्फा–बोल्ड सिग्नेचर ग्रिल र बेस्ट–इन–क्लास २२० एमएम ग्राउन्ड क्लियरेन्सको साथ, नेपालमा जस्तै विविध भूभागहरू सामना गर्न डिजाइन गरिएको हो । R–17 डुअल–टोन भएका डायमण्ड–कट एलोय ह्वीलहरूले यसको पहिल्यै बोल्ड लुक्समा खेलकुद र परिष्कारको स्पर्श थप्छ । १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध, होन्डा एलिभेट एसभीएमटीको मूल्य रु. ५६,३५,००० रुपैयाँदेखि सुरु हुन्छ ।
Honda Elevate को अन्य भेरियन्टको मूल्य यस प्रकार छः–
Elevate VMT को शुरुवाती मूल्य रु. ६०,३५,०००
Elevate VXMT को शुरुवाती मूल्य रु. ६६,९५,०००
Elevate ZXMT को शुरुवाती मूल्य रु. ७३,४४,०००
Elevate VCVT को शुरुवाती मूल्य रु. ६५,७०,०००
Elevate VXCVT को शुरुवाती मूल्य रु. ७१,९५,०००
Elevate ZXCVT को शुरुवाती मूल्य रु. ७८,७०,०००
Elevate ZXCVT (D.T.) को शुरुवाती मूल्य रु. ७९,४४,००० (डुअल
टोन कलर)
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


