सबैभन्दा धेरै हिट फिल्म दिएर कीर्तिमान राख्ने यी हुन् साउथका ५ शीर्ष कलाकार
एजेन्सी । यशको ‘केजीएफ ३’को रिलिजको प्रतिक्षामा दर्शकहरू पर्खिरहेका छन् । प्रभास पछिल्ला केही फ्लप पछि ‘सालार’बाट कमब्याक गर्न आतुर छन् । दुबै स्टारका केही फिल्म बक्स अफिसमा ब्लकबस्टर भएका छन् तर सबैभन्दा धेरै हिट फिल्म दिने कुरामा साउथ सिनेमाका यी ५ स्टारभन्दा पछि परेका छन् ।
अल्लु अर्जुन
अल्लु अर्जुनले अहिलेसम्म करिब २५ फिल्ममा काम गरिसकेका छन् । मिडिया रिपोर्टका अनुसार यी मध्ये करिब १९ फिल्मले बक्स अफिसमा सफल भएका छन् । उनी अब ‘पुष्पा’को सिक्वेल ‘पुष्पा २’मा देखिनेछन् । उनी पहिलो पटक २००३ मा आएको फिल्म ‘गंगोत्री’मा मुख्य कलाकारको रुपमा देखिएका थिए ।
सूर्या
सूर्या दक्षिणी सिनेमाका शीर्ष अभिनेता हुन् । रिपोर्टलाई विश्वास गर्ने हो भने उनले करिब ४० फिल्ममा काम गरिसकेका छन् जसमध्ये २६ वटा फिल्म हिट भएका छन् । आईएमडीबी रिपोर्टका अनुसार उनी अर्को फिल्म ‘वादिवासल’ र ‘कंगुव’मा देखिनेछन् ।
थालापथी विजय
थालापथी विजय साउथ सिनेमाका चर्चित स्टार हुन् । मिडिया रिपोर्टका अनुसार उनले करिब ६५ चलचित्रमा अभिनय गरेका छन् जसमध्ये ३६ चलचित्र बक्स अफिसमा सफल भएका छन् । अभिनेताको यसअघि रिलिज भएको ‘मास्टर’ले दर्शकको मन जितेको थियो ।
कमल हसन
कमल हसन भारतीय सिनेमाका दिग्गज हुन्, जसले साउथ बाहेक बलिउड फिल्ममा पनि काम गरेका छन् । मिडिया रिपोर्टका अनुसार सुपरस्टारले हालसम्म २०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् जसमध्ये करिब ९८ फिल्म निकै सफल भएका छन् । उनी अब प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’मा देखिनेछन् ।
रजनीकान्त
हिट फिल्म दिने मामिलामा रजनीकान्त अन्य साउथ अभिनेताभन्दा धेरै अगाडि छन् । सञ्चारमाध्यमका अनुसार उनले करिब १६८ फिल्ममा आफ्नो अभिनय सीप देखाइसकेका छन् जसमध्ये १२० फिल्म सफल भएका छन् । उनको अघिल्लो फिल्म ‘जेलर’ सुपरहिट भएको थियो । अब उनी ‘थलाइवर १७१’मा आफ्नो शक्ति देखाउनेछन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

