लोडसेडिङ भएपछि सिंहदरबारमा सबै काम ठप्प, के हेरेर बसेका छन् कुलमान घिसिङ ?
काठमाडौं । पछिल्लो समय लोडसेडिङ धेरै नै हुने गरेको छ । बेला बेलामा बत्ति जाने र आउने क्रम नियमित कार्यतालिकाजस्तै बनेको छ । उद्योग तथा कलकारखानादेखि सर्वसाधारण जनता बत्ति नहुँदा ठूलो मारमा पर्ने गरेका छन् । पछिल्लो समय मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पनि बेला बेला विजुली जाने समस्याको ठूलो मारमा परेको छ ।
आज (आइतबार) पनि सिंहदरबारमा बत्ति नहुँदा सबै काम ठप्पजस्तै भएको छ । अहिले डेढ घण्टादेखि सिंहदरबारमा बत्ति नहुँदा सेवा ठप्प भएको छ। सेवाग्रहीहरु मन्त्रालयका चमेना गृहमा बसेर दिन काटिरहेका छन् । कर्मचारीहरु कामविहीन भएका छन् । नेपाल विद्युत प्राधिकरणको नेतृत्वको भूमिकालाई लिएर अहिले आलोचना हुन थालेको छ ।
एकातिर विजुलीको खपत भएन भनेर विजुली गाडीको प्रयोगको लागि नारा घन्काउने प्राधिकरण जनतालाई नियमित (२४सै घण्टा) विजुली पनि दिन नसक्ने अवस्थामा छन् । प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको कार्यशैलीलाई लिएर स्वयम प्रधानमन्त्री पुष्पकमल दाहालले पनि असन्तुष्टि पोख्न थालेका छन् ।
प्रधानमन्त्री दाहाल हिजोमात्रै अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फकिएका छन् । आजै भोलिभित्र घिसिङलाई बोलाएर छलफल गर्ने उनको तयारी छ । लोडसेडिङ हटाएको जस लिएर वाहवाही कमाएका घिसिङ अहिले जनताले दैनिक विजुलीको सास्ती खेप्दा के हेरेर बसेका छन्? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

