एसियाडमा नेपालले काश्य पदक प्राप्त गर्ने पक्का
काठमाडौं । हाङझाउ एसियाडमा नेपालले काश्य पदक प्राप्त गर्ने पक्का भएको छ। बुधबार महिला कबड्डीमा इरानले बंगलादेशलाई ५६-१६ ले पराजित गरेसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको हो। सेमिफाइनल प्रवेश गरेसँगै नेपालले एसियाडमा पहिलो पदकका रुपमा कम्तिमा काश्य पदक निश्चित गरेको हो।
नेपालले महिला कबड्डीमा सोमबार बिहान भएको खेलमा बंगालदेशलाई ३७-२४ ले पराजित गर्दै पदक सम्भावना बलियो बनाएको थियो। एसियाली खेलकुदको महिला कबड्डीमा सात टिम मात्र सहभागिता रहँदा नेपालले एक खेल जितेर नै पदक पाउने सम्भावना बढाएको थियो। जसको सुनिश्चितता इरानले बंगलादेशलाई हराएसँगै भएको हो।
एक समूहमा ३ र अर्को समूहमा ४ टिम छन्, जसमा तीन टिम रहेको समूहमा नेपाल पर्दा एक खेल जितेरनै सेमिफाइनलमा पुग्न सफल भयो। नेपालको समूहको बलियो टोली इरानले यसअघि समूहचरणको पहिलो खेलमा मंगलबार नेपाललाई ४३-१९ ले हराएको थियो।
एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक दिने व्यवस्था भएकाले नेपालका लागि सेमिफाइनलमा पुग्दै कबड्डीबाट कम्तीमा कास्य पदक निश्चित गर्न सफल भयो। महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन्। समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


