‘बासेन्जी’ असोज २६ मा प्रदर्शन हुँदै, निर्देशक भन्छन्, “आँखाले होइन, दिमागले हेर्ने चलचित्र”
काठमाडौं । निर्देशक इयन स्कट क्लेमेन्टको दोस्रो चलचित्र ‘बासेन्जी’ यही असोज २६ मा प्रदर्शन हुँदैछ । चलचित्रको ट्रेलर र यसका विषयमा भनिएका र लेखिएका तथ्यहरूले यो चलचित्र एउटा ‘साइकोलोजिकल थ्रिलर’ चलचित्र हो भन्ने बुझिन्छ ।
निर्देशक क्लेमेन्ट आफै भन्छन्, “यो चलचित्र आँखाले हेर्ने होइन, दिमागले हेर्ने हो । यो चलचित्रलाई मैले यस्तो तरिकाले प्रस्तुत गरेको छु, जसले दर्शकलाई एउटा सीमित दृष्टिकोण मात्र दिन्छ र त्यही दृष्टिकोणमा बसेर कथा बुझ्न आवश्यक छ । त्यसैले चलचित्र हेर्न आउँदा आफ्नो दिमाग खुला गरेर आउनुहोला ।”
‘बासेन्जी’ नेपालमा पहिलो पटक भिडियो गेम खेलेको जस्तो तरिकाले निर्माण गरिएको चलचित्र हो । यो चलचित्र प्रथम पुरुष वा तृतीय पुरुष दृष्टिकोणमा हेर्न सकिन्छ, जुन आजसम्म भिडियो गेमहरूमा मात्र देख्न पाइन्थ्यो । यस्तो क्यामराको कोण प्रयोग भएका कारण दर्शकले कथाको प्रमुख पात्र ‘प्रवेश’ लाई छोड्नै पाउँदैनन्- कि उसले देखेका दृश्यहरू हेरिन्छ कि उसलाई नै हामीले केन्द्रमा राखेर हेरेका हुन्छौं ।
यस्तो प्रकारको क्यामरा कोण प्रयोग भएकाले नै निर्देशक क्लेमेन्टले, ‘दिमागले हेर्न आउनुस्’ भनेका छन् । वरिपरिको परिवेश, वातावरण, अन्य कलाकारको हाउभाउ, भङ्गिमा, आदि सबै निर्धारित र साँघुरो दृष्टिकोणले हेर्नु परेकाले दर्शकहरू पनि उसै गरी साइकोलोजीमा निश्चित भएर नै चलचित्र हेर्नुपर्ने हुन्छ । यसले एउटा थ्रिलर भावना उत्पन्न गर्छ र चलचित्रको कथाक्रम बिस्तारै एउटा रहस्य खुलेको जस्तो गरेर खुल्छ ।
‘बासेन्जी’ चलचित्र गौरीशङ्कर इन्टरटेनमेन्टका सुरज मैनाली र गौरव बस्नेतले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रवेशको भूमिकामा कलाकार असिम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । वरिष्ठ कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यो चलचित्रमा प्रमुख भूमिका रहेको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

