Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

एक युवाले किशोरीलाई एक सातासम्म बलात्कार गरेर फरार भएपछि..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, १९
एक युवाले किशोरीलाई एक सातासम्म बलात्कार गरेर फरार भएपछि..

खोटाङ । खोटाङकी एक किशोरीलाई एक सातासम्म बलात्कार गरेर फरार भएका युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । झापाको बाह्रदर्शी गाउँपालिका २ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले बिहिबार दिउँसो घरबाटै पक्राउ गरेको हो ।

उनले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १ मा असोज १० देखि १७ गतेसम्म १७ वर्षीया एक किशोरीलाई नियन्त्रणमा राखेर जबरजस्ती करणी गरेको आरोप छ । किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स