ओएसआर डिजिटलका मालिक अग्रवाल पक्राउ, शुभाष थापासँग लफडा
काठमाडौं । नेपाली चलचित्र क्षेत्रबाट अहिले निर्माता र कलाकारबीच सम्बन्ध चिसिएका समाचार आइरहेका छन् । केही दिनअघि निर्माता तथा निर्देशक सुदर्शन थापाले अभिनेता अनमोल केसीलाई पक्राउ गराए ।
आफ्नो ब्यानरमा निर्माण हुने चलचित्र रावायणमा मुख्य भूमिका अनुवन्ध भएर १० लाख अग्रिम रुपैयाँ लिएरपनि अनमोलले चलचित्र नखेलेको र जसको कारण करोडौं डुबेको थापाको दाबी थियो । प्रहरीले थापाकै उजुरीका कारण अभिनेता केसीलाई पक्राउ गरेको थियो । अहिले अनमोल रिहा भएका छन् ।
तर, प्रहरीले उनलाई खोजेको समयमा प्रहरीमा उपस्थित् हुने शर्तमा रिहा गरेको हो । उनीविरुद्ध आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । अनमोलको केस सेलाउन नपाउँदै अहिले अर्को हल्ला चलेको छ । ओएसआर डिजिटलका मालिक ओम अग्रवाल र प्रसाद-२ का निर्माता शुभाष थापाबीच लफडा परेको कुरा ।
चलचित्र निर्माता सुदर्शन बस्नेत र शुभाष थापासँग अग्रवालको लफडा परेको बताईएको छ। बस्नेत र थापाले अग्रवालविरुद्ध केस हालेको चर्चा छ । आफ्नो ब्यानरको चलचित्र प्रसाद २ को ट्रेलर रिलिजको विषयमा यी दुईबीच लफडा परेको बताईएको छ । अग्रवाललाई प्रहरीले घट्टेकुलोबाट पक्राउ गरेको स्रोतको दाबी छ । उनी चार दिनअघि पक्राउ परेका हुन् । बौद्ध प्रहरी वृत्तमा राखिएका अग्रवाल यतिवेला स्वास्थ्यको कारण देखाउँदै अस्पतालमा बसेका छन् ।
त्यस्तै, अनमोललाई थुनाएर सबक सिकाएँ भन्दै हिँडेका सुदर्शन थापा पनि यतिवेला चलचित्रकर्मीहरुको सम्पर्कबाहिर रहेको चर्चा छ । थापा किन सम्पर्कमा छैनन् भन्ने कुरा ती चलचित्रकर्मीहरुले भने केही खुलाएका छैनन् । अग्रवाल ‘पाइरेशी तथा ठगिको मुद्दामा उनी पक्राउ परेका हुन् ।’ प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

