अग्रिम टिकट बुकिङ : रोजेको मिति र खोजेको सिट दिदैनन् काउन्टरका कर्मचारी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले आजदेखि दसैँको टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
काठमाडौं उपत्यकामा झन्डै एक दर्जन स्थानबाट दसैँंको अग्रिम टिकट बुकिङ खुला गरिएपनि नयाँ वसपार्कको व्यवस्थापन भने निकै भद्रगोल रहेको छ । अनलाइन र म्यानुअल दुवै तवरबाट दसैँको टिकट बुकिङ सकिने बताईएपनि नयाँ बसपार्कमा टिकट लिन सर्वसाधारणहरु आइतबार रातीदेखि नै लाइनमा बसेका छन् ।
विहान ६ बजे नै अग्रिम टिकट काउन्टर खुलेपनि धेरै जसो गन्तव्यको टिकट पाइने स्थानबारे सुचना नटाँस्दा व्यवस्थापन भद्रगोल बनेको छ । त्यस्तै, बसपार्कमा सोधपुछका लागि हेल्प डेक्सको समेत व्यवस्था नहुँदा थप अन्यौता थपिएको छ ।
नयाँ बसपार्कको टिकट काउन्टरमा टिकट काट्न बसेका कर्मचारीले आफ्ना आफन्त र नाता पर्नेलाई टिकट रोकेर राख्दा रातीदखि नै लाइनमा बसेकाहरुले भनेकै मितिको र रोजेकै टिकट नपाएको गुनासो गरेका छन् ।
बैतडी घर भई हाल राजधानीमा अध्ययनरत रमेश मल्लले बैतडी जाने अगिम बसको व्यवस्था नहुँदा महङुगो टिकट काटेर दार्चुला जाने बसको टिकट लिएको बताए । उनले भने, ‘बैतडीको लागि तोकिएको भन्दा एक हजार रुपैयाँ महङगोमा दार्चुलासम्मको टिकट लिन बाध्य भए । यातायात व्यवसायीलाई सरकारले नियमन नगर्दा भोली त्यो बसले कैलालीको अत्तरियाबाट बैतडी जाने अर्को लोकल बसमा हालेर नपठाउला भन्न सकिन्न ।’
त्यस्तै कैलालीका गोविन्द तिमिल्सेनाले टिकापुर जान कञ्चरपुरको महेन्द्रनगरको भाडा तिर्नु परेको गुनासो गरेका छन्। व्यवस्थित ढङ्गले यात्रुलाई आफ्नो गन्तव्यमा पठाइने सरकारको दाबीलाई नयाँ बषपार्कको भिडले गिज्याईरहेको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


