इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति खर्चियोस : एलिजा गौतम
काठमाडौं । समाजसेवी तथा चर्चित नायिका एलिजा गौतमले इजरायलमा रहेका सबै नेपालीहरुको सकुशल उद्धारको लागि तत्काल पहलकदमी लिन सरकारसमक्ष आग्रह गरेकी छिन् । उनले इजरायलमा रहेका नेपालीहरुले उद्धारको लागि याचना गरेका भिडिओ र अन्य सामाग्रीहरु बाहिरिएको अवस्थामा पनि सरकारले आवश्यक कदम नचालेको भन्दै आक्रोशसमेत पोखेकी छिन् ।
उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छिन्–
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा अनाहकमा १० जना नेपालीले ज्यान गुमाएका छन् । म मृत्तआत्माहरुको चीर शान्तिको कामना गर्दछु । शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु । यतिवेला इजरायलमा कार्यरतरअध्ययनरत नेपालीहरूको अवस्था विकराल बनेको छ ।
नेपालीहरु बङ्करभित्र भोक भोकै रहेका समाचार आईरहेका छन् । कतिपयले सहयोगको याचना गरेका भिडिओ पनि सार्वजनिक भएका छन् । सरकार कहाँ छ ? के हेरेर बसेको छ ? आफ्नो देशको नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने होईन ? उनीहरुलाई सकुशल उद्धार गरेर स्वदेश फर्काउने दायित्वबाट सरकार यसरी विमुख हुन मिल्छ ? त्रासदीपूर्ण अवस्थामा गुज्रिएका नेपालीहरुको उद्धारको लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति खर्चिनुपर्ने बेला आएको छ।
सरकार र सम्बद्ध अधिकारीहरुको काम भनेको यति जनाको निधन भयो अनि यति जना बङ्करभित्र छन् भनेर सूचना दिने मात्र नहोस । इजरायलमा रहेका सबै नेपाखलीहरुको सकुशल उद्धारको लागि तत्काल पहलकदमी लिने काम होस । म सम्माननीय प्रधानमन्त्री र उहाँ नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु । –एलिजा गौतम
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


