Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

हत्यारालाई ममाथि औंला उठाउने अधिकार छैनः भारती शेर्पा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, २३
हत्यारालाई ममाथि औंला उठाउने अधिकार छैनः भारती शेर्पा

काठमाडौं । रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध अनशनरत भारती शेर्पाले हत्यारालाई आफ्नोबारे औंला ठड्याउने अधिकार नरहेको बताएकी छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आममाफीपछि रिगलले भ्रम फैलाउन खोजेको भन्दै उनले हत्यारालाई आफूविरुद्ध औंला उठाउने अधिकार नहरको बताएकी हुन ।

रिगलले विभिन्न मिडियाहरुमा अन्तरवार्ता दिँदै यसअघि भारतीले पैसाको लागि बार्गेनिङ गरेको, अर्को विवाह गरिसकेपछि पनि विधवाको भेषमा आएर अनशन बसेको लगायतका अरोप लगाएका थिए । उनको आरोपको खण्डण गर्दै भारतीले आफूले रिगललाई हत्याराको नजरले हेरेको र उसलाई औंला ठड्याउने अधिकार नरहेको बताएकी हुन् ।

‘छ वर्षपछि मलाई मेरा सासु ससु्राले कान्यादान गरेर पठाउनु भएको हो । यो कुरा मिडियामा पनि मैले खुलाइसकेको थिएँ । एउटा हत्याराले मलाई औंला उठाउने कुनै अधिकार छैन । पहिला उसले आफूलाई हेरोस् । उसलाई प्रमाण दिन जरुरी छैन,’– उनले भनिन् ।

आफ्नो विवाहको सन्दर्भमा विभिन्न मिडियाहरुको समाचार आएको र अदालतमा पेश गरेको निवेदनमा समेत भारती शेर्पा उल्लेख भएकाले यस विषयमा वहसको आवश्यकता नरहेको उनले बताईन् ।

रिगलले आममाफी पाएपछि घर परिवारमा त्रास बढेको उनको भनाई छ । अरुलाई पनि केही गर्ने हो कि भन्ने त्रासले चेतनका बाबुआमा चुपचाप बसिरहेको उनले बताईन् ।

‘उहाँहरु डर त्रासमा हुनुहुन्छ । छोरालाई त सिध्यायो, अब उ बाहिर निस्किसकेपछि फेरि हाम्रो परिवारलाई नै मार्ने हो कि भन्ने डर त्रासको कारण आउनु भएको छैन । म चाहिँ चुप लागेर बस्न सकिनँ ।’ उनले भनिन्, ‘आफूलाई सम्हाल्न सकिन । उसले एउटा मान्छेलाई मारेको छैन कि पूरै परिवारलाई मारेको छ । यो घटनाले गर्दा जिन्दगी तहसनहस भएको छ । जसलाई परेको हुन्छ, त्यो व्यक्तिलाईमात्रै थाहा हुन्छ । जाने मान्छे गइसक्यो भन्ने मेरो सोचमा छैन । मेरो जिन्दगीमा यो घटनाले गर्दा अहिलेसम्म पनि म अगाडि बढ्न सकेको छैन ।’

naima expoTop Changing Nepal

युट्युब सट्स