दिपेन्द्रको अगुवाइमा अनामनगरमा बन्ने भयो महाप्रज्ञा आश्रम
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै जोडिएको अनामनगरमा महाप्रज्ञा आश्रम (बिहार) बन्ने भएको छ । महाप्रज्ञा आश्रम (बिहार) भवन निर्माणको शिलान्यास नेपाल सरकारका पूर्व उप-प्रधानमन्त्री एवं संघीय सांसद प्रकाशमान सिंह गरेका छन् ।
बागमती प्रदेशका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले बजेट विनियोजन गरेपछि भव्य महाप्रज्ञा आश्रम (बिहार) बन्न लागेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा रहेको महाप्रज्ञा आश्रम बौद्ध भिक्षुको पहिलो आश्रम दाबी गरिएको छ ।
त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले ४ करोड बढी लागतमा महाप्रज्ञा आश्रम, बिहारको भवन बन्न लागेको बताए ।
महाप्रज्ञा आश्रम (बिहार) आदरणिय नेता प्रकाशमान सिंहज्यूको आग्रह बमोजिम म बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री हुँदा डेढ करोड रुपैयाँ विनियोजन गरेर बहुबर्षीय योजनामा समावेश गरिएको थियो’, सांसद श्रेष्ठले भने, ‘चालू आर्थिक वर्षमा कार्य सम्पन्नताको लागि स्रोत सुनिश्चितता गरि थप २ करोड ५० लाख विनियोजन गरिएको छ । उक्त बिहार चाँडै बन्ने विश्वास लिएको छु ।’
यसै आर्थिक वर्षभित्र उक्त बिहार निर्माण सम्पन्न भई बौद्ध विद्यालय प्रारम्भ हुने समेत उनको विश्वास छ । महाप्रज्ञा आश्रमको शिलान्यास समारोहमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जन, प्रदेशसभा सदस्यहरु शान्ता ढकाल, सुरजचन्द्र लामिछानेलगायतको उपस्थिति रहेको थियो । महाप्रज्ञा आश्रमका लागि गर्नु परेको संघर्षको कहानी समेत संसद श्रेष्ठले सुनाउन भ्याए ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

