Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पेट्रोलको भाउ ११ रुपैयाँले घट्यो, डिजलको कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, २९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। हिजो आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलर मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

भारतबाट भाउ घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ ।

यसअघि गएको १५ गते निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो तर चौतर्फी आलोचना भएपछि सरकारको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स