भुटानी शरणार्थी प्रकरण : नरेन्द्र केसीसहित ६ जना रिहा
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् ।
उच्च अदालत पाटनले शुक्रबार तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएकाएक जना गरेर ६ जना आज रिहा भएका हुन् । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् भने साधारण तारेखमा आशिष बुढाथोकी रिहा भएका छन् ।
शुक्रबार उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने धरौटी बुझाउन नसकेपछि थुनामा नै रहका छन् ।
उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेको हो ।
यस प्रकरणमा पक्राउ परेका १० जना अझै थुनामा नै रहेका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादु रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डेसहित १० जनालाई जिल्ला अदालत काठमाडौंकै फैसलाअनुसार थुनामै रहने आदेशलाई निरन्तरता दिइएको थियो ।
अर्का पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका हहमा भने दुई न्यायाधीशबीच राय बाँझिएपछि तेस्रो न्यायाधीशको एकल इजलासमा पेश गर्न भनिएको छ । अब उनको मुद्दामा २८ मंसिरका लागि पेशी तोकिएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


