जनकपुरधाममा सांस्कृतिक गाउँ
महेन्द्रनगर (धनुषा) । जनकपुरधाम क्षेत्रमा पहिलो पटक जङ्गलको मज्जा दिने गरी ‘कल्चरल भिलेज’ सञ्चालनमा आएको छ ।
जनकपुरधामदेखि धनुषाधाम जाने बाटोमा मिथिलेश्वर मौवाहीस्थित‘कल्चरल भिलेज’ सञ्चालनमा आउने भएको हो । जनकपुरधामदेखि उत्तर पूर्व १२ किलोमिटरको दुरीमा रहेको मिथिला विहारी नगरपालिका–२ पुरनदहास्थित सो भिलेज रहेकोे छ ।
जनकपुर–धनुषाधाम सडकखण्डस्थित पक्की सडकमै मिथिलेश्वर चोकदेखि पश्चिम रिसोर्ट खालको कल्चरल भिलेज सञ्चालनमा ल्याइएको सञ्चालक देवनारायण मण्डलले बताए । ‘जहाँ अतित वर्तमानसँग मिल्छ’ नारासहित सहरमा बसोबास गर्ने व्यक्तिको पुनर्ताजगीका लागि सो कल्चरल भिलेज उत्तम स्थान हुने सञ्चालक मण्डलले बताए ।
उनले भने, “सहरमा बसोबास गर्ने परिवारले गाउँ तर्फ आउँदा, धार्मिकस्थल घुमघामका लागि आउँदा पुरानो रीतिरिवाज, परम्परा पुरानो स्वाद र ब्यञ्जनको मज्जा यसमै लिन सकिन्छ ।” कल्चरल भिलेजमा ठूला पोखरी, रिसोर्ट, बागवानी, तरकारी, सभाहल, बगैँचासहित राति बास बस्नका लागि फुसकै घरमा उत्तम सुविधा पाइने उनले बताए ।
कल्चरल भिलेजमा जाने अतिथिका लागि पोखरीमा आफैँ बल्छीले माछा मारेर आफैँ बनाउन सकिने, ‘क्याम्प फायर’ बालेर पार्टी गर्न सकिने, शाकाहारी र मांसाहारीका लागि अलग–अलग क्याम्पको व्यवस्था गरिएको सञ्चालक मण्डलले बताए ।
यससँगै राति बास बस्ने अतिथिको आग्रहमा झिझिया नाच, झरीलगायतका नाचगान पनि देखाइने मण्डलले बताए । मण्डलका अनुसार कम्तीमा १० जना अतिथि भए नाचगानको व्यवस्था गरिनेछ । त्यसका लागि चारैतर्फ बत्ती जडान गरी नाचगानको बेग्लै स्थल पनि बनाइएको हो ।
बिचमा नाचगान हुने तथा चारैतर्फ अतिथि बसेर सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिने बताइएको छ । कल्चरल भिलेजमा जाने अतिथिका लागि रिसोर्टभित्रै लगाइएको जैविक खेतीको तरकारी, दाल र अन्य परिकार खान पाउने सञ्चालक मण्डलले बताए । शाकाहारीका लागि दाल, भात, अचार, पापड, तिलौरी, तिसौरी, बिरियाको तरकारी, कुम्हरौरीको तरकारी, अदौरीको तरकारी, पुदिनाको अचार, धनियाँको चटनीसहित अतिथिको मागका आधारमा खाना तयार गरिने सञ्चालक मण्डलले बताए ।
मांसाहारी अतिथिका लागि भने बेग्लै व्यवस्था गरिएको छ । मण्डलका अनुसार कल्चरल भिलेजभित्रै सम्पूर्ण सामान पनि पाइने भएकाले अतिथिले आफैँ कुनै परिकार बनाउन चाहेमा बनाउन सकिने उनले बताए । त्यसबापत अतिथिले सामानको मात्र शुल्क तिर्नुपर्ने छ ।
कल्चरल भिलेजभित्रै झुला, पिङ, म्युजियम पनि सजाउन लागिएको जनाइएको छ । कल्चरल भिलेजमा चिया, कफी, छनकाका लागि माटोका भाँडा प्रयोग हुने उनले बताए । सञ्चालक मण्डलले भने, “शीतल जल भनिने घैँटाको पानी अतिथिले रुचाएअनुसार खान सकिने छ ।”
उनले बाहिरबाट आउने अतिथिका लागि बैलगाडामा गाउँ घुमाउने रोचक हुने बताए । मण्डलका अनुसार खास व्यावसायिक व्यक्ति र परिवारका लागि उक्त स्थान उत्तम हुने छ । भित्रै सञ्चालन गरिएको रेष्टुरेन्टमा आफूखुसी परिकार पाइने जनाइएको छ ।
नयाँ वर्ष २०२४ का लागि तयारी सुरु
अङ्ग्रेजी नयाँ वर्ष २०२४ का लागि काम धमाधम सुरु भएको छ । सञ्चालक मण्डलले बाहिरबाट पिकनिक मनाउन आउने अतिथिका लागि पोखरीको डिल, खेत, गोहिया पनि उपलब्ध गराइने बताए ।
पिकनिक मनाउनका लागि अन्य विभिन्न स्थानमा जानुभन्दा यसभित्रै जङ्गलको आनन्द लिन सकिने र अतिथि राति बास बसेमा बिहानै विभिन्न चराचुरुङ्गी पनि देखाउने व्यवस्था मिलाइएको उनले बताए । कल्चरल भिलेजभित्रै केरा, अम्बा, अङ्गुर, आँप, ड्रागन फ्रुट लगायतका फलफूल लगाएकाले ताजा फलको पनि स्वाद लिन सकिने उनले बताए।
सञ्चालक मण्डलका अनुसार जनकपुर घुम्न आउने पर्यटक र जनकपुरबाट धनुषाधाम घुम्न जाने पर्यटकले कल्चरल भिलेजभित्रै अनेकौँ स्वाद चाख्न पाउने छन् ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

