‘भ्यागुताको धार्नी मिलाउने क्रममा महिला मन्त्री बनेँ’
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गठबन्धन दलमा समीकरण मिलाउने क्रममा आफू महिला मन्त्री बनेको बताएका छन् । निर्वाचित सांसद भएको हैसियतले विकासे मन्त्रालयको नेतृत्व गर्न चाहे पनि साना दललाई पनि मिलाएर भ्यागुताको धार्नी पुर्याउँदा आफू महिला मन्त्री बनेको उनले बताए ।
नेपाल प्रेस युनियन महिला विभागले आयोजना गरेको ‘समान सहभागिताका लागि सञ्चारकर्मीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले रहरले भन्दा पनि सत्ता समीकरण मिलाउँदा उक्त मन्त्रालयको नेतृत्व आफ्रूले सम्हालेको बताएका हुन् ।
‘म रहरले होईन, राजनीतिक समीकरणको आधारमा म निर्वाचन जितेर आएको मान्छे म चाहन्थेँ विकासे मन्त्रालय पाउन पर्छ भनेर । हामी गठबन्धनको आधारमा चुनाव लड्यौं माओवादी र कांग्रेस मिलेर । तर, सरकार बन्ने बेलामा एमाले र माओवादीको मिलेर बन्यो । हामी चाहन्थ्यौं कसरी त्यो सरकारलाई गिराउँ ? हामीले पुरानै गठबन्धन कायम गर्यौं । पुरानै गठबन्धन कायम गर्दा केही साना दलहरुलाई पनि मिलाउन पर्ने अवस्था भयो । कांग्रेस जिम्मेवार पार्टीको हैसियतले ती भ्यागुताको धार्नी मिलाउने क्रममा सरकार गठन गरेको हो । मैले यो महिला मन्त्रालयलाई अपहेलित गर्न खोजेको होईन । म पनि चाहन्थेँ यो मन्त्रालय महिलाहरुकै जिम्मा होस्,’– उनले भने ।
अहिले देशमा भ्रष्टाचार सबैभन्दा ठूलो रोग भएको उनले बताए । साथै, महिलाहरुलाई नेतृत्व दियो भने त्यहाँ भ्रष्टाचारमा अटोमेटिक कमी आउँछ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
महिलाको नेतृत्वमा रहेको स्थानीय तहमा भ्रष्टाचार कम रहेको उनले बताए । सरकारले महिलालाई थप अधिकार दिने कुरामा गम्भीर हुन आवस्यक रहेको उनले बताए ।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

