Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

रिहा हुँदै बालकृष्ण खाण, बुझाए ३० लाखको बैंक ग्यारेन्टी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, २९
रिहा हुँदै बालकृष्ण खाण, बुझाए ३० लाखको बैंक ग्यारेन्टी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले बैंक ग्यारेन्टी बुझाएका छन् । शुक्रबार उनले अदालतको आदेश अनुसार नविल बैंकमार्फत जिल्ला अदालत काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका हुन् ।

बिहीबार उच्च अदालत पाटनले मंसिर १५ गते न्यायाधीश जनक पाण्डेले गरेको फैसला सदर गरेपछि उनी आज रिहा हुन लागेका हुन् । बिहीबार कृष्णराम कोइरालाको एकल इजलासले यसअघि पाण्डेले गरेको ३० लाख धरौटीमा छाड्ने निर्णय सदर गरेका थिए ।

खाण पक्षका एक वकिलका अनुसार उच्च अदालतको आदेशबमोजिम शुक्रवार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएपछि खाण रिहा हुनेछन । उच्च अदालतको आदेश जिल्ला अदालतमा दर्ता हुने र त्यसपछि धरौटी बुझाएर खाँण आजै रिहा हुनेछन् । कारागारबाट उनलाई सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केही बेर हाजिर गराउने पनि बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स