२८ दिनभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने दाबी
काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले अबको २८ दिनभित्र काठमाडौंमा पानी ल्याउने दाबी गरेको छ । आधा हिउँद सकिँदा पनि मुहान सफा गरेर पानी ल्याउन बेवास्ता गरेपछि उपत्यकावासी प्रदर्शनमा उत्रिन थालेपछि समिति पानी ल्याउन तातेको हो ।
दुई दिन अघिसम्म पानी कहिले आउँछ भन्ने ठेगान नभएको बताएको समितिले विज्ञप्ति जारी गर्दै दुई सिफ्टमा काम गरेर २८ दिनभित्र पानी काठमाडौं ल्याउने बताएको हो। आयोजना र ठेकेदारबीच सहमति भएको भन्दै अबको २८ दिनभित्र पानी झारीसक्ने दाबी विज्ञप्तिमा गरिएको छ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा समितिको मंगलबार बसेको बोर्ड बैठकले मुहान क्षेत्रमा तत्काल सुरु गर्न आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेसंगै समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
बैठकले निर्माण पक्ष सिनोहाइड्रोलाई तत्काल काममा लगाउने निर्णय समेत गरेको समितिले जनाएको छ । आकस्मिक परिस्थिति नआए बढीमा २८ दिनमा पानी पठाउने गरी काम गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

