Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, ८
भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

काठमाडौँ । भक्तपुरमा प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका छन् । आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका–८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिनुभएको छ

प्रहरीका अनुसार नेपाल प्रहरी प्रधान कार्याल १ नम्बर गण नक्सालमा कार्यरत ४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्।

उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको बताइएको छ । प्रहरीका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन। शव परीक्षणका लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स