पर्यटनमन्त्री किरातीको कार्यसम्पादनलाई लिएर प्रधानमन्त्री प्रचण्ड खुसी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको कार्यसम्पादनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुसी व्यक्त गरेका छन् । मन्त्री किराती निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मन्त्री किरातीको कार्यसम्पादनलाई नजिकबाट नियालिरहेका छन् । स्रोतका अनुसार मन्त्री किरातीबीच पछिल्लो पटकको भेटमा प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदमा रहेर काम गरिरहेका मन्त्रीहरुमा किरातीको नतिजा उत्कृष्ट रहेको बताएका थिए ।
मन्त्री किरातीले एक्सनमा काम गरिरहेका छन् । प्रायः घाटामा जाने गरेको नेपाल वायु सेवा निगमको आम्दानी किराती मन्त्री बनेपछि दोब्बरभन्दा बढिले वृद्धि भएको छ । त्यस्तै निगमको जहाज खरिद प्रक्रियालाई अगाडि बढाउने तयारीमा मन्त्री किराती छ । पर्यटनको विकास विना नेपाल र नेपाली जनताको समृद्धि सम्भव नरहेको मन्त्री किरातीको दाबी छ । नेपालमा पर्यटनको विकासका लागि निगमले सेवा विस्तार गर्न आवस्यक रहेको उनको भनाइ छ । सोही आवश्यकतालाई मध्यनजर गरेर जहाज खरिद पक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।
साथै, नेपालको उड्डयन क्षेत्रलाई युरोपीयन युनियनको कालोसूचीबाट हटाउन मन्त्री किरातीले पहल गरिरहेका छन् । केही समयमै नेपाली आकाश इयुको कालोसूचीबाट हट्ने मन्त्री किराती बताउँछन् । नेपाली आकाशलाई कालो सूचीमा राखिँदा त्यसको प्रत्यक्ष मार पर्टटन क्षेत्रमा समेत परेको मन्त्री किरातीको भनाइ छ । नेपाली आकाश सुरक्षित छ भन्ने मनोविज्ञान पर्यटकहरुमा विकास गराउन पनि नेपाली आकाश इयुको कालोसूचीबाट मुक्त हुन आवस्यक रहेको मन्त्री किरातीले बताउँदै आएका छन् ।
त्यस्तै, त्रिभुवन विमानस्थलको ब्यवस्थापकीय सुधारमा पनि मन्त्री किरातीले एक्सनमा काम गरेका थिए । विमानस्थलको संयन्त्रलाई चुस्तदुरुस्त बनाउन मन्त्री किरातीले बेला–बेलामा निरीक्षण र त्यसपछि मातहतका निकायलाई निर्देशन दिने गरेका छन् । जसका कारण पछिल्लो समय नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश विदेश पठाउने मानव तस्करको गिरोह पक्राउ परेको थियो ।
पछिल्लो भेटमा प्रधानमन्त्री प्रचण्डले परिणाममुखी काम गरेको भन्दै मन्त्री किरातीको प्रसंशा गरेका थिए । साथै, प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता जनाएअनुसार अझै राम्रा र परिणामुखी काम गर्न र मन्त्रालयसँग सम्बन्धित काम छिटो, छरितो र गुणस्तरीय बनाएर जनतामा सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

