Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

उच्च अदालत पाटनले भन्यो :सबैलाई इपीएस परीक्षामा सहभागी गराउनू

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, १३
उच्च अदालत पाटनले भन्यो :सबैलाई इपीएस परीक्षामा सहभागी गराउनू

कोरियन भाषाको (ईपीएस) परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन आदालतले आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो। यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो।

उनीहरूले शुक्रबार नै आवेदन दिइसकेका छन्। तर बाँकीले आवेदन भर्न नपाएपछि आन्दोलन गरेका थिए। आन्दोलन चर्किंदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए। भने प्रहरीले गोली चलाउँदा २ जनाको ज्यान गएको छ ।

Top Changing Nepal

युट्युब सट्स