रौतहटको चन्द्रनिगाहपुर – गौर सडकखण्डमा चक्काजाम
जानकारी केन्द्र
२०८०, पुष, १८
रौतहट । रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा स्थानीयले चक्काजाम गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गतको बडहरवा पुल समयमा नबनेको भन्दै स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन् ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने बागमतीको बढहर्वा पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले चन्द्रनिगाहपुर–गौर सडकखण्डको बम नहरमा सवारी साधन अवरुद्ध गरेर चक्काजाम गरेका हुन् ।
उनीहरूले आज दिउँसो करिब डेढ बजेबाट सो स्थानमा चक्काजाम गरेका हुन् । चक्काजामका कारण चन्द्रनिगाहपुर–गौर सडकखण्डमा चल्ने सवारी साधन अवरुद्ध भएका छन् । पप्पु कन्स्ट्रक्सनले पुल बनाउन ठेक्का लिएको थियो ।
रौतहटको यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका स्थानीय बासिन्दाले बम नहरमा जम्मा भएर पुल समयमै बन्नुपर्ने माग राख्दै चक्काजाम गरेका हुन् ।
रौतहटको क्षेत्र नम्बर १ का प्रदेश सांसद नागेन्द्र शाहसहितका स्थानीय बासिन्दाले चक्काजाम गरेपछि चन्द्रनिगाहपुर–गौर सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको हो ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


