राष्ट्रियसभामा ओलीले मागेजति सिट दिन प्रधानमन्त्री प्रचण्ड तयार, माधव नेपाल के गर्लान् ?
काठमाडौं । नेकपा (एमाले) लाई पनि राष्ट्रियसभाको निर्वाचनमा समेट्नेगरि प्रधानमन्त्री पुष्पकमल दाहालले थालेको प्रयासले सार्थकता पाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच राष्ट्रियसभामा सहकार्य गर्ने छलफल भएको थियो ।
आगामी माघ ११ गते १९ सिटको लागि हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई पनि साथमै लिएर जाने दाहालको प्रस्ताव थियो । उक्त प्रस्तावबारे सत्ता गठबन्धनमा पनि छलफल भएको थियो । खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेलाई पनि साथमै लिएर जाँदा राम्रो हुने पक्षमा छन् ।
तर, माधव नेपाल र उपेन्द्र यादव भने रुष्ट बनेको चर्चा छ । मंगलबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच झण्डै एक घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । सो भेटवार्तामा दुई नेताबीच वामपन्थी एकताबारे पनि छलफल भएको बताईएको छ । राष्ट्रियसभाको निर्वाचनमा एमालेले भने कम्तिमा पनि ६ सिट दिनुपर्ने माग गरेको छ । त्यसमा दाहालले आफू सकारात्मक रहेको जवाफ ओलीलाई दिएका छन् ।
दाहालले टिआरसी विद्येयक टुँगो लगाउनको लागि एमालेको साथ खोजेका छन् । यसअघि संसदीय समितिमा पनि एमालेलाई महत्वपूर्ण तीन समितिको सभापति दिएका थिए । यता, राष्ट्रियसभामा एमाले अध्यक्ष ओलीले भनेजति नै सिट दिन आफू तयार भएको कुरा प्रचण्डले पार्टीका नेताहरुलाई ब्रिफ गरेका छन् ।
तर, गठबन्धनको मुख्य घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने दाहाल र ओलीको सहकार्यको प्रयासले असन्तुष्ट बनेका छन् । उनको दलका नेताहरुले ओलीको प्रस्ताव कुन ढंगले आएको हो भनेर बुझ्नुपर्ने टिप्पणी गरिरहेका छन्।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


