लगातार पाँचौ पटक प्रधानमन्त्री बन्दै शेख हसिना, १९ बर्ष प्रधानमन्त्री बनेर रेकर्ड राख्दै
काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल विजयी भएको छ । निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगले बहुमत पारेसँगै शेख हसिना लगातार पाँचौ कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।
उनले पछिल्लो १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहदै आएकी छन् । सन् २००९ देखि सत्तामा रहँदै आएकी छन ।
एक जना उम्मेदवारको मृत्यु भएपछि कुल २९९ सिटका लागी भएको निर्वाचनमा हसिनाको अवामी लिग र सहयोगी दलले २५२ सिट जितेको छ । त्यहाँ स्वतन्त्र उम्मेदवारले ५२ सिट र जातीय पार्टीले ११ सिट जितेका छन् । मतपरिणामको अन्तिम नतिजा भने सार्वजनिक बाँकी रहेको छ । निधन भएका उम्मेदवारको क्षेत्रको निर्वाचन रोकिएको छ।
निर्वाचनमा करिव ४० प्रतिशत मत खसेको बताइएको छ । निर्वाचनमा आफ्नो दल विजयी भएसँगै प्रधानमन्त्री शेख हसिनाले संयम रहन सबैलाई आग्रह गरेकी छन्। उनले आफ्नो दलका नेता कार्यकर्तालाई विजय जुलुस ननिकाल्न समेत आह्वान गरेकी छन्। बंगलादेशको विपक्षी दल बीएनपीले भने निर्वाचन जनताप्रति धोका भएको आरोप लगाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


