छोराले खुकुरी प्रहार गर्दा चक्रवर्ती कलेजका अध्यक्ष भण्डारी गम्भीर घाइते
काठमाडौं । चक्रवर्ती हबी एजुकेशन एकेडेमीका अध्यक्ष देवेन्द्र भण्डारीमाथि आफ्नै छोराले खुकुरी प्रहार गरेका छन् । उनीमाथि सोमबार राति आफ्नै छोरा निरजको समूहले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट उनी गम्भीर घाईते भएका छन् । अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
अध्यक्ष भण्डारीको परिवारभित्र उक्त कलेजको स्वामित्वबारे विवाद उत्कर्षमा पुगेको थियो । कलेजको स्वामित्व विवाद कम्पनी रजिष्ट्रार कार्यालय हुँदै अदालतसम्म पुगिसकेको छ । देवेन्द्रका छोरा निरजले आफूलाई कलेजको अध्यक्ष मान्दै आएका छन् । देवेन्द्र स्वयंले पनि आफूनै कलेजको अध्यक्ष भएको दाबी गर्दै आएका छन् ।
निरजले आफूलाई मंसिर १ गतेको सञ्चालक समितिको बैठकले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको दाबी गर्दै आएका थिए । सोही दाबी बमोजिम उनले सोको कार्यान्वयन हुनुपर्ने भन्दै क्याम्पसमा आफू समर्थित १५÷२० जना युवाहरु सहित हिजो आएर क्याम्पसभित्र प्रवेश गरेका थिए । उनले आफ्ना बाबु देवेन्द्रलाई कजेल प्रवेशमा समेत रोक लगाएका थिए । सोही क्रममा विवाद हुँदा उनी र उनका समर्थनमा आएका युवाहरुले देवेन्द्रमाथि खुकुरी प्रहार गरेका हुन् ।
देवेन्द्रको टाउकोमा गम्भीर चोट लागेको छ भने निरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देबेन्द्रका परिवारका छ जना सदस्यको स्वामित्वमा उक्त कजेजको शेयर रहेको छ ।
जसमा देवेन्द्रको स्वामित्वमा दुई लाख कित्ता, निरमायाको स्वामित्वमा ५० हजार कित्ता शेयर रहेको छ । त्यसैगरी परिवारका अन्य सदस्यहरु नरमाया, निरज, अल्पना र स्वताको नाममा जनही ६२ हजार पाँच सय कित्ता शेयर रहेको छ ।
यसरी देवेन्द्र र निरमाया गरी दुई लाख ५० हजार र अन्य चार जनाको नाममा पनि सोही परिणाममा शेयर रहँदा विवाद झनै चुलिँदै आएको थियो ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

