सप्तरीमा मेयरले कुटे प्रशासकीय अधिकृत !
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले प्रशासनिक विवादमा आफूमाथि कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले दाबी गरेका छन् ।
बजेट खर्चको अख्तियारी, ज्यालादारी कर्मचारीको अवकास लगायतका विषयमा विवाद बढेपछि मेयरले उपमेयर मुना कुमारी पोखरेलको कार्यकक्षमा लगेर गाली गर्दै कुटपिट गरेको घिमिरेको दाबी छ । तर, मेयरले भने यो अभियोग अस्वीकार गरेका छन्।
अधिकृत घिमिरेका अनुसार बजेट खर्चको अख्तियारी दिन पटक पटक आग्रह गर्दा पनि कानुनसम्मत रुपमा अख्तियारी नदिएको विषयमा विवाद भएपछि मेयर हातपातमा उत्रिएका हुन् ।
हातपातमा उत्रिएलगत्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले अति आवश्यकबाहेकको काम ठप्प पार्दै आन्दोलन नै गरेका थिए । कर्मचारी आन्दोलनसँगै यो विवाद सिडिओ र एसपी कार्यालयसम्म पुग्यो।
अन्तत सिडिओ र एसपीको रोहवारमा मेयर र अधिकृत दुबैले अबदेखि पदीय मर्यादा अनुसार काम गर्ने र बजेट खर्चको गाँठो फुकाउने लिखित कागज गरेपछि तत्कालका लागि मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको टसल सकिएको छ ।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

