Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

६०० रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २९
६०० रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यसदिन चाँदी तोलामा एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स