राति ढिलो खाना खाने बानी छ ? स्वास्थ्यमा देखिन्छन् यी ५ असर
एजेन्सी । स्वस्थ रहनका लागि सही समयमा खाना खानु अत्यन्त जरुरी छ । गलत सयममा खाना खाँदा शरीरलाई फाइदा होइन नोक्सान पुग्छ । राति ढिलो खाना खानेलाई विभिन्न समस्या आउने चिकित्सकहरुले बताएका छन् । एक अध्ययनका अनुसार रातिको खानामा सुत्नुभन्दा ३ घण्टा पहिले खाने गर्नुपर्छ ।
रातिमा ढिलो खाना खाँदा के-के खतरा आउँछ ?
मोटोपना : राति ढिलो खाना खानुको अर्थ मोटोपनालाई निमन्त्रणा दिनु हो । नर्थ वेस्टर्न युनिभर्सिटीको अनुसार सुत्ने समयमा खाना खाँदा मोटोपनको खतरा बढ्छ । शरीरलाई लामो समयसम्म अतिरिक्त क्यालोरी जम्मा हुन्छ जुन फ्याटको रुपमा परिवर्तन हुन्छ ।उच्च रक्तचाप,
मधुमेह, हृदयरोग : युनिभर्सिटी अफ पेन्सिलभेनियामा भएको एक अध्ययनले राति ढिलो खाना खाँदा उच्च रक्तचाप, मधुमेह र हृदयसम्बन्धी रोगहरु लाग्ने खतरा बढ्छ । राति ढिलो खाना खाँदा ग्लुकोजको मात्रा बढ्छ । यसले रगतमा बासोको मात्रा बढ्छ । जसले मुटुसम्बन्धी समस्या हुन्छ ।
स्मरणशक्तिमा असर : युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलिसका वैज्ञानिकका अनुसार मुसामा गरिएको प्रयोगमा मुसालाई सुत्ने समयमा भोजन गराइएको थियो । राति ढिलो खाना खाँदा मुसाको स्मरणशक्तिमा प्रभाव पार्छ । र सिक्ने क्षमता प्रभावित भयो । मुसामा स्मरण बनाउने अणु प्रभावित भएको थियो ।
खाना खाने बानी बिग्रन्छ : राति ढिलो खाना खाने गर्दा खाना खाने बानीमा असर पर्छ । यद्यपि, यस्तो थकानका कारण हुन्छ । थकानका कारण व्यक्तिको छिट्टै पेट भरिन्छ ।
पाचन प्रक्रियामा असर : राति ढिलो खाना खाँदा शारीरिक गतिविधि कम हुन्छ । जसले गर्दा मेटाबोलिज्ममा असर पुग्छ । शरीरमा भोजन पचाउने क्षमतामा पनि असर पर्छ । यसले शरीरमा सही पोषक तत्व पनि प्राप्त हुँदैन । र बिरामी हुने सम्भावना पनि बढ्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


