Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

सन्दीपको शानदार शतकमा एपीएफले दियो बागमतीलाई २४२ रनको चुनौतीपूर्ण लक्ष्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २९
सन्दीपको शानदार शतकमा एपीएफले दियो बागमतीलाई २४२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । मध्यक्रमका ब्याटर सन्दीप जोराको शानदार शतकमा राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा एपीएफले बामगती प्रदेशलाई २४२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २४१ रन जोड्यो ।

एपीएफका लागि शतक प्रहार गरेका जोराले ११७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ११२ रनको शतकीय पारी खेले । पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण शतकीय पारी खेलेका हुन् । यसवर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए ।

४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्‍याएका थिए ।

त्यस्तै एपीएफका लागि आशिफ शेखले १५, अमर रौटेललाले २२ तथा अविनाश बोहराले १८ रन जोडे भने १८ रन अतिरिक्तमा पाएको थियो । बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन तथा रिजन ढकाल र प्रतिश जिसिले समान २ विकेट लिए । एपीएफको यो पहिलो खेल हो भने बागमती पहिलो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स