मधेशलाई हराउँदै प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीको सुखद सुरुआत
काठमाडौं । कप्तान विनादे भण्डारीको शानदार शतकप्रेरीत विभागीय टिम त्रिभुवन आर्मीले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुखद सुरुआत गरेको छ ।
सुखद सुरुआत गर्नेक्रममा मधेश प्रदेशलाई आर्मीले १२६ रनको फराकिलो जित निकालेको हो । आर्मीले दिएको ३२१ रनको विशाल लक्ष्य पछ्याएको मधेश ४७.४ ओभरमा १९४ रनमा अलआउट भयो ।
मधेशका लागि पवन सर्राफले ६५, मयन यादवले ३४ र राजेश यादवले ३४ रन जोडे । रुपेश सिंहले १८ रन थप्दा विशाल पट्टेलले १७ रन थपे । बलिङतर्फ आर्मीका साहव आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए ।
यसअघि कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३२० रन जोडेको थियो । आर्मीका लागि कप्तानसमेत रहेका भण्डारीले ८९ बलमा ९ चौका र ४ छक्का हिर्काउँदै शतक पूरा गरेका हुन् । उनले पाँचौ विकेटका लागि अर्का ब्याटर कुशल मल्लसँग मिलेर १३४ रनको शतकीय साझेदारी गरिरहेका थिए । भण्डारी ११३ रनमा आउट भएका थिए ।
त्यस्तै विवेक यादव र कुशल मल्लले समान ३७ रन जोड्दा सन्तोष कार्की ४२, इमरान शेखले २६ र भीम सार्कीले १८ रन जोडे । वसिर अहमदले १६ रन थप्दा आर्मीले अतिरिक्तमा पनि १६ रननै पाएको थियो ।
बलिङतर्फ मधेशका रञ्जित कुमारले ५ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ४१ रन खर्चिएर ५ विकेट लिँदा विशाल पट्टेलले २ विकेट लिए । मधेशले पहिलो खेलमा कोशीलाई हराउँदा आर्मीको यो पहिलो खेल हो ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


