माघ ०६ देखि १२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो सातामा नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला । शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता आफूलाई कमजोर भएको अनुभूति हुनेछ र घरायसी झमेलामा परिएला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको मध्य भागमा धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । रोजगार वा नयाँ कार्यको अवसर मिल्नेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । सन्तान सुख पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता रमाइलो यात्राको योग रहेको छ । शुभकार्यको चर्चा चल्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ काममा सफलता मिल्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता छोटो दुरीको लाभदायक यात्रा रहला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो हप्तामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । शेयर बजारको लगानी नोक्सानी बढ्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा परिवारमा जमघट वा कुनै धार्मिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्न थाल्दछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते्)
यो सातामा राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेममा सफलता पनि पाइनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । घुमफिर, मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो हप्तामा नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । शत्रु क्षय होलान्, तर नाक तथा घाँटीमा समस्या बढ्न सक्छ अतस् स्वास्थ्य प्रति सजगता हुनुपर्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । स्वास्थ्यमा समस्या बढ्न सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । पुँजी बजारमा लगानी गर्नु पनि उपयुक्त नहोला । मध्य सातामा साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । उपहार पाइने सम्भावना पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो सातामा बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ । मनोरञ्जनमा सहभागिता भइएला । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता पुनर्मिलनको योग रहेको छ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक र धार्मिक यात्राको योग पनि छ । अतिथिको रूपमा सत्कार पाइनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । सफल यात्रा र नजिकको मित्रसँग भेटघाट हुनेछ, तर स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ ।
सम्बन्धित समाचार
२०८३ भदौ ६ गते शनिवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार

