विपीनको घातक बलिङसामू कोशीको लज्जास्पद हार, गण्डकीले निकाल्यो पहिलो शानदार जित
काठमाडौं । कप्तान विपीन खत्रीको घातक बलिङसामू निरीह देखिएको कोशी प्रदेशलाई १४२ रनले हराउँदै गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ ।गण्डकीले दिएको १६८ रनको मधयम लक्ष्य पछ्याएको कोशी १५.२ ओभरमा अलआउट हुँदै २५ रनमा समेटिएपछि गण्डकीले १४२ रनको फराकिलो जित निकाल्दै पहिलो जित दर्ता गराएको हो । कोशीका लागि कप्तान अंकित सुवेदीले जोडेको ८ रननै सर्वाधिक रह्यो । सोनु अन्सारी, फिर्दोस अन्सारी र समिर कार्कीलाई शुन्य रनमा नै गुमाएको कोशीले मिनाश थापा र सोनु मण्डललाई १ रनमा गुमायो भने सुजन थपलिया २ रनमा बोल्ड आउट भए ।
गण्डकीलाई लज्जाजनक हार चखाउन गण्डकीका कप्तान विपीन खत्रीले घातक बलिङ गरे । ७ ओभर बलिङ गरेका विपीनले ३ मेडन राख्दै ७ रन दिएर ६ विकेट चट्काएपछि कोशीको पाली धरासायी बन्यो । त्यस्तै सन्दीप पराजुलीले ३ विकेट लिए ।
यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डीङ रोजेको कोशीले गण्डकीलाई ४८.२ ओभरमा १ सय ६७ रनमा अलआउट गरेको थियो । प्रतियोगितामा जितविहिन रहेका दुई टोलीबीचको खेलमा गण्डकीले सोचेजस्तो सुरुवात गर्न सकेन । शीर्षक्रमका ब्याटर अभ्यास तिमिल्सिको बलिङसामु चल्न नसक्दा गण्डकी एक समय ६ रनमा ३ विकेट गुमाएको दयनीय स्थितिमा पुगेको थियो ।
तर, गण्डकीका लागि मुस्कान थापा र कप्तान विपिन खत्रीले सातौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । मुस्कानले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ६७ रनको योगदान दिए । उनले ४२ औं ओभरमा आउट हुनुअघि १ सय २२ बल खेल्दै ७ चौका प्रहार गरे ।
फिर्दोस अन्सारीले फ्याँकेको इनिङको चौथो बलमै करण पंगेनी ४ रनमा आउट भएपछि मुस्कान ब्याटिङमा आएका थिए । त्यसपछि अर्कोतर्फ लगातार विकेट खस्दा मुस्कानले इनिङ बढाइरहे । अभ्यास तिम्सिनाले उत्कृष्ट बलिङ गर्दै शीर्षक्रम धराशायी बनाए ।
उनले समिर कँडेल र कृश ऐरलाई खाता नखोली पेभेलियन फर्काए । अश्वनी राना ६ रन र अमृत गुरुङ ४ रन जोड्दै उनकै शिकार बने । एक समय ३८-५ को स्थितिमा पुगेको गण्डकीलाई कमल परियारले १३ रन तथा कप्तान विपिनले ४२ रन जोड्दै उकासे । विपिनले ७१ बलमा ५ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए । कोशीका लागि अभ्याससँगै फिर्दोस, कमल खत्री र सोनु मण्डलले १-१ विकेट लिए ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

