राष्ट्रिय सभा निर्वाचन : आज मध्यरातिदेखि प्रचारप्रसारमा रोक
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वचान आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न रोक लगाएको हो । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ । रातिदेखि कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न गराउन पनि आचारसंहिताले रोक लगाएको छ । आज रातिदेखि कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी पनि गर्न पाइने छैन ।
यसैगरी आजसम्ममा मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री पनि हटाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


