शोएब मलिकलाई शुभकामना दिँदै सानियाले भनिन्- ‘गोपनीयतामा ध्यान दिनुहोस्’
एजेन्सी । सानिया मिर्जाको परिवारले आइतबार भारतीय टेनिस स्टार र शोएब मलिकको सम्बन्धविच्छेद भएको पुष्टि गरेको छ । शोएब मलिकले एक दिनअघि पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाहको घोषणा गरेका थिए ।
सानियाको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सानियाले आफ्नो व्यक्तिगत जीवनलाई सधैँ जनताको नजरबाट टाढा राखेकी छिन् । तर, आज उनको र शोएबको केहि महिनाअघि डिभोर्स भएको कुरा बताउन आवश्यक भएको छ । उनले शोएबलाई उनको नयाँ यात्राको लागि शुभकामना दिएकी छन्।’
विज्ञप्तिमा भनिएको छ, ‘उहाँको जीवनको यस संवेदनशील अवधिमा हामी सबै प्रशंसक र शुभचिन्तकहरूलाई कुनै पनि प्रकारको अड्कलबाजीमा नलाग्न र गोपनीयताको लागि उहाँको आवश्यकतालाई सम्मान गर्न अनुरोध गर्न चाहन्छौं ।’
४१ वर्षीय शोएब मलिकले शनिबार सानासँगको आफ्नो विवाहको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । सामाजिक सञ्जाल ‘X’ मा आफ्नी नयाँ पत्नीसँगको तस्बिर पोस्ट गर्दै शोएबले लेखेका छन्, ‘हामीले तिमीलाई जोडी बनाएका छौं ।’
सानिया र शोएबले अप्रिल २०१० मा हैदरावादमा विवाह गरेका थिए र दुवै दुबईमा बस्थे । सानिया र शोएबको यो ‘हाइ प्रोफाइल’ जोडीलाई लिएर दुवै देशका खेल प्रेमीहरु बीच निकै चासो थियो तर उनीहरुको सम्बन्धविच्छेदसँगै यसको अन्त्य भएको छ ।
सन् २०२२ देखि उनीहरुको सम्बन्धमा दरार आएको खबर आएको थियो र पछिल्ला दुई वर्षमा उनीहरु दुबैसँगै देखिएका थिएनन् । केहि समयअघि शोएबले सानियालाई इन्स्टाग्राममा अनफलो गरेका थिए । शोएब र सानियाको पाँच वर्षको छोरा पनि छ, जो सानियासँगै बस्छन् ।
३७ वर्षीया सानियाको सामाजिक सञ्जाल पोस्टले पनि उनी तनावमा रहेको संकेत गरेको छ । करिब एक साताअघि उनले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्, ‘जब कुनै कुराले तपाईको शान्तिमा बाधा पुग्छ, त्यसलाई जान दिनुहोस् ।’
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


