Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

मधेसले दियो सुदूरपश्चिमलाई ३२० रनको लक्ष्य, मयनले लिए शतक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, ८
मधेसले दियो सुदूरपश्चिमलाई ३२० रनको लक्ष्य, मयनले लिए शतक

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मधेसले सुदूरपश्चिम प्रदेशलाई ३२० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ३१९ रन बनाएको हो । मधेसका लागि मयन यादवले शतकीय पारी खेले । मयनले १२८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ११५ रन बनाए । पवन सराफले भने ७० र अनिल साहले ६९ रन जोडे ।

सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिए । विकास आग्रीले २ तथा गजेन्द्र बोहरा र नारायण जोशीले १-१ विकेट लिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स