Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

सवारी पार्किङ निषेधपछि सटर बन्द गरेर आन्दोलनमा उत्रिए न्युरोडका व्यापारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, ९
सवारी पार्किङ निषेधपछि सटर बन्द गरेर आन्दोलनमा उत्रिए न्युरोडका व्यापारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाएपछि ब्यापारीले विरोध जनाएका छन् ।

महानगरले न्यूरोड क्षेत्रको सवारी आवागमन सहज बनाउने योजना अनुसार धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गर्न लागेको हो तर, ब्यापारीले भने पार्किङ निषेधको विरोधमा सटर बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिह्न राखिएका छन्। यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी दिइरहेको छ। यस क्रममा आज बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ।

यसबाट न्युरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा छ । तर न्युरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स