बागमतीले दियो सुदूरपश्चिमलाई २४८ रनको चुनौतीपूर्ण लक्ष्य
जानकारी केन्द्र
२०८०, माघ, ११
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २४८ रनको मध्यम लक्ष्य पेश गरेको छ ।
मूलपानी मैदानमा सुरुआतमा ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन जोड्यो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले अर्धशतक प्रहार गरे । ६२ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हिर्काउँदै ५४ रन जोडे ।
कप्तान रित गौतमले ४४ रन जोड्दा अशोक पौडेलले ३१, रविन जोशीले २४ तथा इशान पाण्डेले २, विपीन आचार्यले १२,सूर्य तामाङले ९ तथा प्रतिश जिसीले १८ रन जोडे भने सोनु देवकोटा २० बलमा २८ रन र कृजल गुरुङ १ बलमा ४ रन जोड्दै नटाआउट रहे ।
बलिङतर्फ सुदूरका नारायण जोशी र शेर मल्लले समान तीन तथा विकाश आग्रीले २ र मिलन बोहराले १ विकेट लिए ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

