सर्लाहीमा १६ वर्षीया किशोरी आफ्नै कोठामा मृत भेटिइन्
सर्लाही । सर्लाहीमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्लाको लालबन्दी १६ (परवानीपुर) बस्ने ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली शुक्रबार बिहान उनकै कोठामा मृत भेटिएकी हुन् । अञ्जलीले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ ।
यद्यपी, आत्महत्याको कारण खुलेको छैन । परिवारले अञ्जली आफ्नै कोठामा सलको पासोमा झुण्डिएको बताएका छन् । अञ्जलीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटनाका बारेमा पोष्टमार्टमपछि थप जानकारी प्राप्त हुने प्रहरी निरिक्षक हरिबोल केसीले बताए ।
प्रहरीका अनुसार अञ्जलीकी आमाले छोरीलाई पासोमा देखेपछि त्यसलाई खोलेकी थिइन् । त्यसपछि मात्रै परिवारले प्रहरीलाई खबर गरेका थिए । घटना शंकास्पद रहेको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । अन्जली लालबन्दीस्थित जनज्योती उच्च माविमा कक्षा १२ मा पढ्दै थिइन् ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

