टीआरसी विधेयक पास गर्न प्रचण्डले मागे सहयोग, अडान कायमै रहेको ओलीको जवाफ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्ड ले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री ओलीलाई आफ्नो सरकारी निवासमा बोलाएर भेटवार्ता गरेका हुन् ।
दुई नेताबीचको भेटमा सोमबारबाट सुरु हुने संसद्को हिउँदै अधिवेशन र हिउँदे अधिवेशनबाट पास गर्ने विधेयकको बारेमा छलफल भएको थियो । सो भेटमा प्रचण्डले ओलीलाई सत्य निरुपण तथा मेलमिलाप सम्बन्धीको टीआरसी विधेय यसै अधिवेशनबाट पास गर्नेगरी अगाडि बढाउन लागिएको भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।
भेटपछि ओलीले शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको जानकारी पत्रकारहरुलाई दिए । समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको बताउँदै ओलीले भने, ‘खास यो विधेयकमा छलफल भइराख्या छ समितिमा, त्यसलाई राम्ररी मिलाएर छिटै टुंग्याऔं भन्ने विषयमा छलफल भयो।’
प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक जतिसक्दो छिटो टुंग्याउन खोजपनि अध्यक्ष ओलीका अनुसार एमालेले एमालेले लिएको अडान कायमै रहेको छ । ‘हाम्रो अडान यथावत् नै छ’, अध्यक्ष ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्यो रु राम्रो बनाएर सहमतिले पास गरे भैगो नि!’
सरकारले सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनमा ७३ वटा कानून निर्माण गर्न मस्यौदा बनाउँदैछ । हाल संसद्को कानून न्याय तथा मानव अधिकार समितिको उपसमितिमा बिचाराधीन अवस्थामा रहेको टीआरसी विधेयक लामो समयदेखि सत्तापक्ष र प्रतिपक्षी दलबीच कुरा नमिल्दा अघि बढ्न सकेको छैन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

