Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

मैले राजीनामा दिएको छु, बाँकी अहिले केही भन्दिनः डीआईजी चन्द

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २१
मैले राजीनामा दिएको छु, बाँकी अहिले केही भन्दिनः डीआईजी चन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् ।

सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए । “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिन,”– उनलेभने ।

चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स