सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड बिगो
काठमाडौं । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश दिएको छ।
पूर्वसांसदसमेत रहेका तामाङलाई विशेष अदालतले सम्पत्ति सुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद, ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने र विगो रमक बराबरकै जरिवाना तोकेको हो ।
गत माघ ७ गते तामाङलाई विशेष अदालतले सम्पत्ति सुद्धीकरण अभियोगमा दोषी ठहर गरेको थियो । तामाङलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज उक्त सजाय तोकेको हो ।
उनीसँगै, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई पनि सजाय तोकिएको छ । विशेषले सिर्जना डेढ वर्ष कैद, एक अर्ब ३ करोड रुपैयाँ बिगो र बिगो बराबरकै जरिवाना तोकेको छ । केशवराजलाई पनि डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र बिगो बराबरकै जरिवाना तोकिएको छ ।
त्यसैगरी विशेष अदालतले ईच्छाराज, श्रृजना, केशब, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न आदेश दिएको छ।
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

