सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्दै पारस खड्का
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिवसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारश खड्का पुन मैदानमा देखिने भएका छन् । खड्का सन्न्यासपछि पहिलो पटक नेपालमा क्रिकेट खेल्न उत्रने भएका हुन् ।
रुपन्देहीस्थित तिलोत्तोमामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पूर्व कप्तान खड्काले खेल्न लागेका हुन् । उद्घाटनका लागि ४ टोलीबीच टि-२० प्रतियोगिता हुने कार्यक्रम रहेको छ । उद्घाटन फाल्गुन १४ गते एक्स्ट्राटेक मैदानमा नै हुनेछ ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि-२० विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन् । पूर्व कप्तान खड्काले २०१४ टोलीको कप्तानी गर्नेछन् ।
क्रिकेटबाट सन्न्यास घोषणा गरेयता क्रिकेट मैदानमा नदेखिएका पारसले आफू सन्न्यासपछि पहिलो पटक मैदानमा उत्रन लागेको बताए ।
खड्का नेपाली क्रिकेट टिमका सर्वाधिक सफल क्रिकेट कप्तान हुन् । क्रिकेटबाट सन्न्यास लिएपछि उनी क्यानको बागमती प्रदेश अध्यक्ष हुँदै केन्द्रीय सचिवको जिम्मेवारीमा पुगेका छन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

