Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आफैँले चलाएको विद्युतीय आरोले काटेर एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २८
आफैँले चलाएको विद्युतीय आरोले काटेर एक जनाको मृत्यु

धादिङ । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार आराले पेट र छातीको बायाँ भागमा काटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स