सहकारीको पैसा खाने तस्करहरु भागे, अब बैंकका तस्कर भाग्दैछन्ः दुर्गा प्रसाईँ
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले अब बैंकहरुको भाग्ने तयारी रहेको आरोप लगाएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारीका तस्करहरु भागिसकेका र अब बैंकका तस्करहरुको भाग्ने पालो रहेको बताएका हुन् ।
आफूले राजेन्द्र लिङ्देन, कमल थापा, केशरबहादुर विष्टका लागि अभियान नचलाएको उनले प्रष्ट पारे। उनले आफूले सर्वहार वर्ग, भूँईमान्छे र पीडितहरुका लागि अभियान चलाएको दाबी गरे ।
‘सर्वहारा वर्ग र भूँईमान्छे, जो उत्पीडित वर्ग छ । मध्यम वर्गका व्यापारी छन्, जसका सम्पत्ति जुटिदैछन् भोलि । जो मान्छे घरबार विहीन हुँदैछन् । हेर्नुस् आज मिटरब्याजीको समस्या । सहकारीमा राखेका पैसा खाएर तस्करहरु भागे, अब बैंकका तस्करहरु पनि भाग्दैछन् । यसले गर्दा मैले सचेत गराएको हो,’– प्रसाईँले भने ।
प्रसाईँले आज आफ्नो अभियानको बार्षिकोत्सव मनाउँदै छन् । उनले काठमाडौंको टुँडिखेलमा वार्षिकोत्सव मनाउन स्वीकृती मागेपनि प्रशासनले भृकुटीमण्डपमा स्वीकृती दिएको छ । आजको कार्यक्रममा ५०औं हजार मानिसको सहभागिता रहने प्रसाईँको दाबी छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


